दाङमा चारलेन सडक निर्माणको काम सुरु

घोराही । दाङमा चारलेन सडक निर्माणको काममा ढिलाई हुदा आम नागरिकले सास्ति झेल्नु परेको छ । सवा अर्व भन्दा बढी भारतीय एक्जीम बैंकको सौलीयत ऋण सहयोगमा निर्माण हुन लागेको घोराही तुलसीपुर चारलेन सडक विस्तार कार्यको ३१ महिनाको म्याद साउनमा सकियो । तर, म्याद सकिए पनि निर्माण कार्य ७ प्रतिशत पनि पुग्न सकेको छैन् ।

अहिले निर्माण व्यवसायी परिवर्तन गर्नुका साथै २०७९ बैशाखसम्म म्याद थपेर काम गर्न थालिएको छ । यस्तै निर्माण व्यवसायीले शनिबारबाट निर्माण कार्य फुलफेजमा सुरु भएको जनाएको छ । सडक निर्माणको जिम्मा लिएका नयाँ प्रतिनिधि दोणर् दुलालले शनिबारबाट फुलफेजमा काम सुरु भएको जानकारी दिनुभएको छ ।

२ सय भन्दा धेरै श्रमिकलाई सडकमै खटाएर काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । कोरोना भाइरसको कारण देखाएर ६ महिना र सडक छेउ छाउका रुख, पोल हटाउने भन्दै ३ महिना थप गरिएको हो । अहिले निर्माण व्यवसायी परिवर्तन गर्नुका साथै २०७९ बैशाखसम्म म्याद थपेर काम गर्न थालिएको छ ।

३१ महिनामा सकिन नसकेको काम ९ महिनामा ७० देखी ८० प्रतिशत काम सम्पन्न गर्ने निर्माण व्यवसायी दुलालको भनाई छ । अर्कोतिर चारलेन सडक निर्माणको काममा ढिलाई हुदा यात्रा जोखिमपुणर् भएको चालक शेरबहादुर राणा बताउनु हुन्छ ।

लमही, घोराही, तुलसीपुर सडक खण्डको कुहिरेपानीदेखि तुलसीपुरको हात्तिखौवासम्मको २८ दशमलव ३ किलोमिटर सडकलाई चार लेनमा स्तरोउन्नती गर्नको लागि ३१ महिनामा काम सक्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर प्रोजेक्ट प्रालिलाई १४ माघ २०७५ मा ठेक्का दिइएको थियो । सम्झौता अनुसार गत साउन महिनामा निर्माण अवधीको म्याद सकिएको छ ।

३१ महिनाको निर्माण अवधीको म्याद सकिएको भए पनि काम एक चौथाई पनि हुन सकेको छैन् । हालसम्मको निर्माण प्रगती ६ दशमलव ७ प्रतिशत मात्रै भएको छ । सडक विस्तारका क्रममा भएका खाल्डा खुल्डीमा परी दुर्घटना हुँदै आएको स्थानिय सुशीला योगीको भनाई छ । सडकको चौडाई २१ मिटर हुने छ भने ४ लेन सडक विस्तारको ९३ प्रतिशत भन्दाबढी काम अझै बाँकी रहेको छ ।

निषेधाज्ञा, समयमा निर्माण सामग्री उपलब्ध नहुनु जस्ता बाहाना निर्माण व्यवसायीको रहेका छन् । ४ लेन सडक विस्तारका लागि भारतीय एक्जीम बैंकको सौलीयत ऋण सहयोगमा १ करोड २१ लाख अमेरिकी डलर, अर्थात नेपाली सवा अर्व भन्दा माथीकोे ठेक्का भारतीय निर्माण कम्पनीलाई दिइएको थियो ।

यसको १० प्रतिशत मोविलाइजेसन निर्माण कम्पनीले लिइसकेको छ । सयममा काम नसकेको भन्दै कार्यालयले पहिलेको निर्माण व्यवसायीबाट मोविलाइजेसन बुझेको रकमको ५० प्रतिशत कट्टी गरेको चार लेन सडक योजनाका प्रमुख पारशमणी हमालको भनाई छ ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*