परिवर्तन गाउँपालिका र माडी गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम हुँदै

परिवर्तन गाउँपालिका र माडी गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम हुँदै

राेल्पा । परिवर्तन गाउँपालिका र माडी गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम हुन लागेको छ । परिवर्तन गाउँपालिका २ राङ्सी पोखरामा रहेको रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुल र माडी गाउँपालिका ३ तालाबाङ्मा रहेको इन्द्रेणी समता एजुकेशन एकेडेमीले अभिभावक शिक्षा कार्यक्रम गर्न लागेको हो ।

रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुलको आयोजनामा फागुन (आज) १९ गते शुक्रबारका दिन जनसेवा नमूना माध्यमिक विद्यालयको सभाह्लमा बिहान दस बजे देखि अभिभावक शिक्षा कार्यक्रम राखिएको बोर्डिङका प्रिन्सिपल कमल वलीले जानकारी दिए ।

साथै अभिभावक शिक्षा कार्यक्रममा लाईफ कोचिङ एकेडेमीका डाइरेक्टर तथा नेपालकै ख्यातिप्राप्त प्रशिक्षक डी.आर दाहालको प्रमुख प्रशिक्षकमा कार्यक्रम गर्न लागेको वलीको भनाइ रहेको छ ।

Europass CV in Nepal

त्यस्तै इन्द्रेणी समता एजुकेशन एकेडेमी तालाबाङ्मा पनि फागुन २० गते शनिबारका दिन अभिभावक शिक्षा कार्यक्रम राखिएको एजुकेशनका प्रिन्सिपल कुलबहादुर डाँगीले जानकारी दिए ।

कार्यक्रम माडी गाउँपालिका ३ तालाबाङ्मा रहेको एजुकेशनको आफ्नै भवनमा बिहान दस बजे राखिएको समेत बताइएको छ । साथै अभिभावक शिक्षा कार्यक्रमको प्रशिक्षकमा लाईफ कोचिङ एकेडेमीका डी.आर दाहाल आउने समेत डाँगीको भनाइ रहेको छ ।

Europass CV in Nepal