एकजना मानिसको प्रभाव कति हुन्छ भन्ने कुरा पछिल्लो समय विवाद भएको भारतीय चलचित्र आदि पुरुषको प्रकरणमा थाहा भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सीतालाई फिल्म आदिपुरुषमा भारतीय छोरी हुन् भन्ने विषयलाई लिएर महानगरभित्र भारतीय फिल्म सञ्चालन गर्न नदिने निर्णय गरे तर उक्त निर्णयलाई उच्च अदालत पाटनले उल्टाइदियो ।
भारतीय फिल्म महानगर भित्र निर्वाध सञ्चालनमा त आए तर बालेनको उक्त शब्दका कारण नेपाली दर्शक भने फिल्म हालमा आएका छैनन्। एक जना बालेनको शब्द महँगो मूल्यमा भारतीय फिल्म किनेका वितरकको टाउको दुखाइको विषय बनेको छ।
अदालतले हालसंचालकको पक्षमा निर्णय गरेता पनि शुक्रबार हलमा दर्शक नआएपछि हाल सञ्चालकलाई आर्थिक नोक्सान भएको छ । दर्शकको उपस्थिति घट्नुको प्रमुख कारण मेयरको भनाइ रहेको उनीहरुको तर्क छ ।
हल सञ्चालकले समस्या समाधान गर्न मेयरले आफ्नो भनाइ फिर्ता लिन माग गरिरहेका छन् । हल सञ्चालकको छाता संगठन चलचित्र संघले मेयरविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेको छ । फिल्म प्रदर्शन गर्न अदालतको आदेश भए पनि मेयरले उक्त निर्णय मान्न अस्वीकार गर्दै आलोचना खेप्नुपरेको थियो । अन्ततः नगर प्रहरीलाई हलबाट फिर्ता बोलाएपछि हल मालिकले हिन्दी फिल्म ‘जरा हातके जरा बचाके’ र नेपाली चलचित्र प्रदर्शन गरेका थिए । तर, हलहरु सुनसान नै रहे ।
हिन्दी चलचित्र हलसम्म पु¥याउन ठूलो रकम लगानी गरेकाले हलमा नेपाली दर्शकको उपस्थिति नहुँदा थिएटर सञ्चालकलाई समस्या भएको उनीहरुको तर्क छ । मेयरले आफ्नो भनाइ सच्याएनन भने सामूहिक रूपमा फिल्म हलको चाबी महानगरलाई नै हस्तान्तरण गर्ने हल सञ्चालकले चेतावनी दिएका छन् ।
उनीहरूले मेयरको निर्णयप्रति निराशा व्यक्त गरेका छन्। फिल्म हलमा कर्मचारीको तलब जस्ता खर्चहरू पूरा गर्ने क्षमतालाई असर गर्छ। ठूला बजेटमा बनेका भारतीय चलचित्रसँग नेपाली चलचित्रलाई तुलना गर्न नहुनेमा हल सञ्चालकको जोड छ । नेपाली चलचित्रले नाफा कमाउने ग्यारेन्टी भए थप नेपाली चलचित्र निर्माण हुने उनीहरुको विश्वास छ । हल मालिकहरूले हिन्दी चलचित्र प्रदर्शनमा नआएपछि सरकारले ३० प्रतिशत कर तिर्ने भएकाले अर्थतन्त्रमा पर्ने असर पनि बताउँछन् ।
नेपालमा बसोबास गर्ने भारतीय नागरिक लगायत नेपालमा हिन्दी चलचित्रको दर्शक धेरै रहेको र त्यसको अभावले सरकार र थिएटर मालिक दुवैलाई आर्थिक नोक्सान हुने उनीहरूको तर्क छ । चलचित्र विकास बोर्डको तथ्यांकले नेपाली चलचित्रको तुलनामा विदेशी चलचित्र विशेषगरी बलिउड चलचित्रको दर्शक संख्या बढी रहेको देखाएको छ । हिन्दी चलचित्र नहुँदा हलमा दर्शकको उपस्थितिमा कमी आएको थिएटर मालिकहरू बताउँछन् ।
अनलाइन टिकट बिक्री भए पनि फिल्म हेर्न निकै कम मानिसहरु आउने गरेका छन् । हल सञ्चालकहरूले दर्शकलाई आकर्षित गर्नमा परेको समस्या बताउँछन् र दर्शकको संख्या कायम राख्न हिन्दी चलचित्र प्रदर्शनमा जोड दिनुपर्नेमा जोड दिन्छन् ।