मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

महानगरमा सवारी मोह: जनप्रतिनिधि र कर्मचारीका लागि काठमाडौंले किन्यो ३ करोडका गाडी

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैपटक ३ करोड रुपैयाँको सवारी खरिद गरेको छ । चालु खर्च बढेपनि विकास खर्च कम भएको भन्दै आलोचना भइरहेका बेला महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो ।

महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले ८ मध्ये ४ वटा गाडी काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय र ४ वटा राष्ट्रिय सभागृहमा राखिने बताए ।

क–कसले कसरी प्रयोग गर्ने विषय जनप्रतिनिधिले नै निर्णय गर्ने उनले बताए । महानगरले टाटाको नेक्सन ईभी प्रति इकाई करिब ३८ लाख रुपैयाँमा किनेको श्रेष्ठले बताए ।

महानगरका प्रवक्ता नवीन मानन्धरले भने आवश्यक पर्दा महानगरका कर्मचारी र विषयगत समितिहरुले प्रयोग गर्न पाउने गरी गाडी किनिएको बताए । महानगरमा जनप्रतिनिधिहरु नै संलग्न रहेको १४ वटा विषयगत समितिहरु छन् ।

यस्ता समितिले पनि विभिन्न कामको सिलसिलामा नयाँ किनिएका गाडीहरु प्रयोग गर्ने उनले बताए ।२-२ वटा चार्जिङ स्टेसन पनि काठमाडौं प्लाजा र सभागृहमा रहने श्रेष्ठले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।