फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर १५५ रुपैयाँ

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर १५५ रुपैयाँ

२३ चैत्र, काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ ४ रुपैयाँले बढाएर प्रतिलिटर १५६ रुपैयाँ र बाह्यतर्फ ५० डलरले बढाएर प्रतिकिलोलिटर १५४५ डलर कायम गरेको छ ।

Europass CV in Nepal

Europass CV in Nepal