जिल्ला भलिबल संघ रोल्पाकाे आयाेजनामा खुल्ला भलिबल प्रतियोगिता सुरु

जिल्ला भलिबल संघ रोल्पाकाे आयाेजनामा खुल्ला भलिबल प्रतियोगिता सुरु

२४ चैत्र, राेल्पा । जिल्ला भलिबल संघ रोल्पाकाे आयाेजनामा भलिबल प्रतियोगिता लिबाङमा उद्घाटन गरिएकाे छ ।

जिल्ला भलिबल संघ रोल्पाको आयोजनामा र रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको आयाेजकले जानकारी दिएको छ । जिल्ला भलिबल संघ रोल्पाका अध्यक्ष हिमाल डि.सि.को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका मेयर पुर्ण केसी रहनु भएको थियो ।

कार्यक्रमको अन्य अतिथिहरुमा नेकपा माओबादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ति, नेपाली कांग्रेस राेल्पाकी उपसभापती कबिता उपाध्याय, नेकपा एकिकृत समाजवादी पार्टी रोल्पाका उप सचिब किरण बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी रोल्पा नगर अध्यक्ष तिलचन्द्र आचार्य, खेलकुद विकास समिति रोल्पाका अध्यक्ष एंव समाजसेवी राजनितिज्ञ कृष्ण बहादुर घर्ति मगर, प्रहरी नायब निरिक्षक शेर बहादुर थापा, ब्याटबिन्टन संघ रोल्पाका अध्यक्ष बेगम हमाल, तेक्वाण्डो संघ रोल्पाका अध्यक्ष हेमन्त खत्री, राष्ट्रिय खेलाडी संगम रोका लगाएतकाे आतिथ्यता रहेको थियो ।

प्रतियोगिता २६ गते सम्म संचालन हुने आयाेजकले जानकारी दिएको छ । प्रतियोगितामा पुरुष ६ टिम र महिला ५ टिमले सहभागिता जनाएका छन् । जिल्ला भलिबल संघ रोल्पाका उपाध्यक्ष सोम बहादुर घर्तिको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिब बसन्त थापाले गर्नु भएको राेल्पा नगरपालिका प्रेस सल्लाहकार देवी गुरुङले जानकारी दिनुभयो ।

Europass CV in Nepal