सुनिलस्मृति गाउँपालिकाकाे प्रशासनिक भवनको शिलान्यास

सुनिलस्मृति  गाउँपालिकाकाे प्रशासनिक भवनको शिलान्यास

२५ चैत्र, राेल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको प्रशासनिक भवनको एक कार्यक्रमकाे हिजो शिलान्यास गरिएका छ । भवनको शिलान्याश जिल्ला समन्वय समिति रोल्पाका अध्यक्ष राज बहादुर बुढा मगरले गरेको सुनिलस्मृति गाउँपालिकाले जानकरी दिएको छ ।

सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तिको अध्यक्षतमा भएको कार्यक्रममा, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढाको प्रमुख आथित्यता रहेको थियो भने बिशिष्ट अतिथिमा पुर्व राष्ट्रिय सभा सदस्य राजकुमार कवँर रहनुभएको थियो । अन्य अतिथिमा गाउँपालिकाका उपाध्यक्ष बागमति क्षेत्रिनी कर्मचारी बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।

५ करोड ६१ लख ६३ हजार ७ सय २७ रुपैया ६३ पैसा भवनको लागत रहेको गाउँपालिकाले बताएको छ । भवनको निर्माण कम्पनी जे.बि निर्माण सेवा बुटवलले लिएको छ । भवनको सम्झौता २४ मार्च २०२२ देखि सुरु भई २ बर्ष अर्थात २८ मार्च २०२४ मा सम्पन्न हुने गरि सम्झौता गरिएको गाउँपालिकाले बताएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले भवन छिट्टै सम्पन्न भएर जनताले चाँडै सेवा पाउने समेत बताउनुभएको छ । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश पौडेलले गर्नुभएको गाउँपालिकाले बताएको छ ।

Europass CV in Nepal