अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्रद्वारा नि:शुल्क आयुर्वेद स्वास्थ शिविर सञ्चालन

अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्रद्वारा नि:शुल्क आयुर्वेद स्वास्थ शिविर सञ्चालन

२६ चैत्र, अर्घाखाँची । अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्रले नि:शुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिविर सञ्चालन गरेको छ ।

शनिबार जिल्लाको भुमिकास्थान नगरपालिका वडा न. ४ को धारापानीमा नि:शुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिबिर सम्पन्न गरेको हो ।

कार्यालय प्रमुख डा.अर्चना शुक्लाको नेतृत्वमा भुमिकास्थान नगरपालिका वडा न. ४ को धारापानीमा पुगि अम्लपित्त, बातब्याधि, रक्तप्रदर, रक्तबिकार, उदररोग, मुत्रबिकार, उच्चरक्तचाप, मधुमेह लगाएतका रोगीलाई जाँच गरि औंषधिहरु नि:शुल्क बितरण गर्नुका साथै बिरामीहरुको नि:शुल्क सुगर परिक्षण ,योग तथा जीवन शैली सम्बन्धि कार्यक्रम समेत गरिएको छ ।

Europass CV in Nepal

शिबिरमा भुमिकास्थान नगरपालिका वडा.न. ३ का वडाअध्यक्ष बालकृण्ण बञ्जाडे तथा ४ का वडाअध्यक्ष बावुराम पन्थी आयुर्वेद चिकित्सहरु डा.अर्चना शुक्ला, डा. अनिता भुसाल, योग प्रशिक्षक एवं पत्रकार महासंघ अर्घाखाँचीका सभापती अशोक कुमार खनाल आयुर्वेद स्वास्थ केन्द्र अर्घाखाँचीका कविराज निरीक्षक कमल प्रसाद आचार्य, बैद्य निरीक्षक नारायण प्रसाद पन्थी, बैध निरीक्षक पशुपति पन्थी ल्याब टेक्निसियन शुभास शाही लगायतको उपस्थिती रहेको योग प्रशिक्षक एवं पत्रकार महासंघ अर्घाखाँचीका सभापती अशोक कुमार खनालले जानकारी दिनुभयो ।

Europass CV in Nepal