ग्लोबल आइएमई बैंकद्वारा थबाङमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, १२३ जना महिलाले लिए सेवा

ग्लोबल आइएमई बैंकद्वारा थबाङमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, १२३ जना महिलाले लिए सेवा

२७ चैत्र, राेल्पा । ग्लोबल आइएमई बैंक लिमिटेड थबाङको आयोजना, नेपाल परिवार नियोजन संघ घोराही दाङ र थबाङ गाउँपालिकाको प्राविधिक सहयोगमा १ दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल परिवार नियोजन संघ दाङका सभापति तिर्थ सन्तोषीको अध्यक्षतामा संचालन भएको शिविरको प्रमुख आतिथ्यता थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको रहेको थियो भने गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका मगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत धन बहादुर वली, डाक्टर रियुकिइ इसिदा लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल आइएमई बैकको १५ औँ वार्षिक उत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ कार्यक्रम अन्तर्गत उक्त शिविर संचालन गरिएको ग्लोबल आइएमई बैक थबाङ शाखा प्रबन्धक विष्णु राउतले बताउनु भयो । विशेष गरि थबाङका महिलामा शिक्षाको कमी र भौगोलिक विकटताले गर्दा उहाँहरुमा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या पाइएको र सामान्य उपाचर समेत गर्न सहर जानु पर्ने बाध्यतालाई न्यूनिकरण गर्नको लागि यो शिविर आयोजना गरिएको समेत शाखा प्रबन्धक राउतले बताउनु भयो ।

थबाङ आएर सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै उत्साह पुर्वक रुपमा शिविर सम्पन्न भएको नेपाल परिवार नियोजन संघ घोराही दाङका शाखा प्रबन्धक बसन्त खनालले बताउनुभयो ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले कार्यक्रमको आयोजना गर्ने ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल परिवार नियोजन संघ दाङ घोराही शाखालाई शिविर संचालन गरेकोमा धन्यवाद दिनुभयो ।

जलजाल अस्पताल तथा अनुसन्धान केन्द्र थबाङमा संचालित शिविरबाट १२३ जना महिलाहरुले स्वास्थ्य चेकजाच गरेका छन । १२३ जना मध्ये १ जना महिलाको बार्थलिङ सिस्ट को माइनर सल्यक्रिया सफलता पुर्वक सम्पन्न गरेको फ्याम्ली फिजिसियन अमित लामगाडेले बताउनुभयो ।

Europass CV in Nepal

प्राय महिलाहरुमा पाठेघर झर्ने समस्या, समयमा महिनावरी नहुने, सेतोपानी बग्ने र तल्लो पेट दुख्ने समस्या भएको पाइयो । हामीले दिन सक्ने सेवाहरु दिएका छौ र थप परापर्शहरु पनि दिएका छौ फ्याम्ली फिजिसियन लामगाडेले भन्नु भयो । यस्ता प्रकारका रोगहरुबाट बच्नलाई सामान्य चरण चेकजाच गराउने र व्यक्तिगत सरसफाईमा ध्यान दिने हो भने ठुलो क्षतिबाट बच्न सकिने समेत उहाँले बताउनुभयो ।

नेपाल परिवार नियोजन संघ दाङ घोराहीका शाखा प्रबन्धक बसन्त खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन थबाङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर पुनले गर्नुभएको थियो ।

उक्त सिविरमा नेपाल परिवार नियोजन संघ दाङ घोराहीबाट आएका छ जना स्वास्थ्यकर्मी र जलजाल अनुसन्धान केन्द्र थबाङमा कार्यरत स्वास्थ्यकर्मीहरुको समुहले सेवा दिएका थिए ।

ग्लोबल आईएमई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष ७ वटै प्रदेशमा नि:शुल्क महिला स्वास्थ्य सिविर सञ्चालन गरिएको र सोही अन्तर्गत लुम्बिनी प्रदेशमा बैंकको राम्रो प्रभाव रहेको रोल्पा जिल्लाको विकट स्थान थबाङमा यो कार्यक्रम सञ्चालन गरिएको थबाङ शाखाले जनाएको छ ।

Europass CV in Nepal