प्रेस सेन्टर नेपाल घोराही शाखा अध्यक्षमा सन्तोष डाँगी

प्रेस सेन्टर नेपाल घोराही शाखा अध्यक्षमा सन्तोष डाँगी

२७ चैत्र, दाङ । प्रेस सेन्टर नेपाल घोराही शाखाको अध्यक्षमा पत्रकार सन्तोष  डाँगी  सर्वसम्मत निर्वाचित हुनुभएको छ।  सोमबार पत्रकार महासंघ दाङको हालमा भएको भेलाले अधय्क्षमा सन्तोष डाँगीसहित २१ सदस्यीय नगर कमिटी गठन गरेको हो  ।

प्रेस सेन्टर नेपाल घोराहीका संयोजक सन्तोष  डाँगीको अध्यक्षता एवं सेन्टरका लुम्बिनी प्रदेश ईन्चार्ज अजयदिप शर्माको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । जस्को उपाध्यक्षमा हेमराज परिवर्तन र वर्षा मगर, सचीवमा आभाष बुढाथोकी, सह–सचिवमा रोम थापा, कोषाध्यक्षमा सुस्मिता परियारलाई चयन गरिएको छ ।

त्यस्तै सदस्यहरुमा देबका परियार, लालसुर विष्ट, रमन शर्मा, शालिकराम चौधरी, प्रतिक्षा बुढामगर, खेमराज न्यौपाने, भ्यूमन मगर, हिमाल मगर, शुरेश मगर, विष्णु गोराथोकी, महेन्द्र वि.क, एलिजा चौधरी, प्रतिक्षा पुन मगर र सृजना चौधरी रहेका छन । त्यस्तै एक जना पछि थप गर्ने निर्णय गरिएको छ ।

Europass CV in Nepal

प्रेस सेन्टर नेपाल घोराहीका संयोजक सन्तोष  डाँगीको अध्यक्षता एवं सेन्टरका लुम्बिनी प्रदेश ईन्चार्ज अजयदिप शर्माको प्रमुुख आतिथ्यतामा शाखा विस्तार गरिएको हो ।

प्रेस सेन्टरका घोराहीका उपाध्यक्ष हेमराज परिवर्तनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटीका सचवि भागदिाश चौधरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य नरेन्द्र केसी, लक्ष्मी आचार्य, प्रेस सेन्टर लुम्बीनी प्रदेशका उपाध्यक्ष भावना सुवेदी, मुख्य सचिव भुपेन्द्र प्रकाश वली, प्रदेशका सदस्य केशरमान बुढाथोकी, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, जिल्ला सचिव जनक नेपाली, प्रेस सेन्टर तुलसीपुर उपमहानगरपालकिाका राकेश बस्नेत, प्रेस सेन्टर बंगालचुलकीका अध्यक्ष जीवन नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमका सहजीकरण प्रेस सेन्टर घोराहीका सचिव आभास बुढाथोकीले गरेका थिए । प्रेस सेन्टर नेपाल, दाङले घोराहीको पालिका स्तरिय कमिटि गठनसंगै दाङका १० वटै पालीमा आफ्नो शाखा विस्तार अभियान सम्पन्न गरेको छ।

Press-Center-Nepal-Dang-Santosh-Dangi.
प्रेस सेन्टर नेपाल, दाङ जिल्ला अन्तर्गत पालिका अध्यक्षहरुको नामावली
Europass CV in Nepal