बालविवाह अन्त्यका लागि रोल्पा नगरपालिकाको रणनीति निर्माणबारे परामर्श

बालविवाह अन्त्यका लागि रोल्पा नगरपालिकाको रणनीति निर्माणबारे परामर्श

१० बैशाख, राेल्पा । बालविवाह अन्त्यका लागि रोल्पा नगरपालिकाको रणनीति निर्माणबारे परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख पूर्ण केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नगरपालिका महिला तथा बालबालिका शाखाका सहायक महिला निरीक्षक प्रमिला घर्तीले गर्नुभएको थियो ।

कार्यक्रमका सहभागीहरुले नगरपालिकामा बढ्दो बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आएको कानूनी कारवाही समेत गर्दै आएपनि विभिन्न समस्याका कारण बालविवाह न्यूनीकरण हुन नसकेको बताएका छन् ।

Europass CV in Nepal

बालबालिकाको लहलहैपना, शिक्षाको अभाव, यौन तथा स्वास्थ्य सम्बन्धी पाठ्यक्रम नभएको जस्ता कारण पनि बालविवाह न्यूनीकरण हुन नसकेको सहभागीहरुको जोड थियो ।

विद्यालय, समुदाय, राज्य तथा सरकारपक्ष मात्रै नभएर बालबालिका र अभिभावकहरु पनि सचेत हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । बालबालिकाहरुलाई किशोर किशोरी शिक्षा प्रदान गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । कार्यक्रममा रत्नकाजी बज्राचार्यले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, नगर कार्यपालिकाका पदाधिकारीहरु, किशोरी समूह, विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । रोल्पा नगरपालिकाको पुरानो हलमा आयोजित कार्यक्रमको आयोजना नगरपालिकाले गरेको हो भने युएनएफपिए र एसएसडिसिको सहयोग रहेको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुली, नगर उपप्रमुख मनकुमारी घर्ती लगायतले बोल्नुभएको थियो । युएनएफपिए लुम्बिनी प्रदेश संयोजक राम थापा, जिल्ला संयोजक केदार राना लगायतको आतिथ्यता रहेको नगरपालिकाले जनाएको छ ।

Europass CV in Nepal