तरुण दलका क्षेत्रीय सचिव नेकपा माओवादी केन्द्रमा प्रवेश

तरुण दलका क्षेत्रीय सचिव नेकपा माओवादी केन्द्रमा प्रवेश

२३ बैशाख, राेल्पा । नेपाली कांग्रेसकाे भातृ संगठन तरुण दलका प्रदेश निर्वाचन क्षेत्र (ख) का क्षेत्रीय उप सचिव चन्द्र प्रकाश परियार नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ ।
आज माडी गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै परियारले नेपाली कंग्रेस परिवर्तनको धेरै सवालमा पछाडि रहेको भन्दै नेकपा माओवादी केन्द्र प्रवेश गरेको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र माडी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरत बहादुर बुढामगरको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माडी गाउँपालिकाका स्थानीय तह निर्वाचनका उम्मेद्वारहरुको उपस्थिति रहेको छ ।

परियार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल रोल्पाको लिवाङ आउदा कंग्रेसमा प्रवेश गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव विर बहादुर घर्तिमगरले गर्नुभएको थियो ।