रोल्पाको माडी गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पाको माडी गाउँपालिकामा माओवादी केन्द्र विजयी

०२ जेष्ठ, रोल्पा । रोल्पाको माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अमरसिंह घर्तीमगर विजयी भएका छन् । उनले ३ हजार ८३० मत प्राप्त गरि विजयी भएका छन् ।

घर्तीमगरका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय घर्तीमगरले ३ हजार ३७१ मत प्राप्त गरेका थिए । गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत प्राप्त गरी विजयी भएकी छिन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसका कृष्ण विकले तीन हजार ५० मत ल्याएका छन् । सो गाउँपालिकोको वडा नंं १, २, ४, ५ र ६ मा नेकपामा ओवादी केन्द्र र वडा नंं. ३ मा नेकपा एकीकृत समाजवादीले विजयी हासिल गरेका छन् ।

Europass CV in Nepal

माडी गाउँपालिकामा काँग्रेस–एमाले–स्वतन्त्र र माओवादी–एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

Europass CV in Nepal