सल्यानमा भिरबाट लडेर एक बृद्धको मृत्यु

सल्यानमा भिरबाट लडेर एक बृद्धको मृत्यु

८ जेष्ठ, सल्यान । सल्यानमा भिरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका ९ जैतीपानी बस्ने ७४ वर्षीया कल्चे डाँगी रहेको जिल्ला प्रहरी कर्यालय सल्यानले जानकारी दिएको छ ।

शनिबार दिउँसो तीन बजे बाख्रा चराउन गएको समयमा भिरबाट लडेर डाँगी गम्भीर घाइते हुनुभएको थियो । घाइते डाँगीको सल्यानमा सामान्य उपचारपछि थप उपचारको क्रममा बाँकेको कोहलपुरमा आइतबार बिहान मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

Europass CV in Nepal