राेल्पामा सडेको अवस्थामा किशाेरकाे शव फेला

राेल्पामा सडेको अवस्थामा किशाेरकाे शव फेला

१९ जेठ, राेल्पा । राेल्पामा सडेको अवस्थामा किशाेरकाे शव फेला परेकाे छ ।

राेल्पा नगरपालिका -१० धाङसीका राजकुमार राेकाकाे १८ वर्षिय छाेरा भगवती राेका मगर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

उक्त शव राेल्पा नगरपालिका -९ ह्वामा स्थित फागुनेमा रहेकाे सुन प्रकाश बुढाकाे खाली गाेठमा सडेकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।

मृत भेटिएका राेका मगर गत चैत १४ गते देखि परिवारबाट सम्पर्क बिहिन भएका थिए तर परिवारले उनी बेपत्ता भएको एक महिनापछि गत बैशाख १८ गते प्रहरीलाई जानकारी गराएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक जिसीले बताए ।