विकास कार्यले तिब्रता पाउँदै माडी गाउँपालिका

विकास कार्यले तिब्रता पाउँदै माडी गाउँपालिका

८ असार, राेल्पा । रोल्पाको माडी गाउँपालिकामा विकासको कार्यले तिब्रता पाउन थालेको छ ।

स्थानीय तह निर्वाचन सकिय लगतै प्रतिबद्धता अनुसार विभिन्न भौतिक तथा निर्माणका कार्यले निरन्तरता पाएको छ ।

माडी गाउँपालिका-१ का जनताको व्यापक गुनासोको रुपमा रहेको मोटर बाटो मर्मत तथा सुधारको काम पनि जतनाकै चाहाना अनुरुप अगाडि  बढेको वडा अध्यक्ष रोहितसिङ घर्तीले बताउनुभयो ।

Europass CV in Nepal

माडी-१ मा झिनुवा पात्ले बल्ले च्यान्डाडा हुँदै घोर्नेटी जोड्ने मोटरबाटो आफ्नो चुनावी प्रतिवद्दता अनुसार १२ महिना सुचारु हुने गरि मर्मत सुधार ग्राबेल भैरहेको छ अन्य वडा भरी सबै ठाँउ निरन्तर काममा जोड दिइने उहाँले बताउनुभयो । गाउँपालिका कै विकट मानिने उक्त क्षेत्रमा जनताको चाहाना अनुरुप बाटो सुधार गरि नियमित यातायात संचालन हुने गरि आम नागरिकको सुविधाका लागि कार्य अगाडी बढाएको अध्यक्ष घर्तिले बताउनु भयो ।

क्रमश गाउँपालिकाका सबै वडामा समान गतिमा कार्य अगाडि बढने माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीमगरले बताउनुभयो ।

Europass CV in Nepal