अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको अध्यक्षमा डिलाराम वली निर्वाचित

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको अध्यक्षमा डिलाराम वली निर्वाचित

६ कार्तिक, राेल्पा । मातृभुमिका लागि विश्वभरका रोल्पालीहरु गोलबन्द हौं, भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो केन्द्रीय अधिवेशन लिबाङमा अधिवेशन सम्पन्न भएको छ ।

सेवा समाजको दोस्रो अधिवेशन रोल्पाको लिवाङमा शनिवार सम्पन्न भएको छ । रोल्पाबाट वैदशिक रोजगारमा रहेको रोल्पालीहरूको सामा संस्थाको रूपमा रहेको छ । यस अधिवेशनले डिलाराम वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।

अब अर्काको देशमा होइन आफनो स्थानमै सार्य गरिरहेको बताउँदै ति युवाहरूको कार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले रोल्पा जिल्लाका युवाहरूको विदेशमा भएपनि युवाहरूको वैदशिक रेमिट्यान्सले सामाजिक सेवा गरिरहेको बताउँदै हाल जिल्ला धानिएको बताउनुभयो ।

Europass CV in Nepal

कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान प्रदेश सभा सदस्य माननीय दीपेन्द्र कुमार पुनमगर सिमलले रोल्पा जिल्लाका युवाहरूले विदेश रहेर पनि जिल्लाको सेवा कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सिचाई राज्यमन्त्री मन्त्री अमरसिंह पुनमगरले वैदशिक रोजगारमा गएका युवाहरूले अब रोल्पा बनाउनको लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले सबै युवाहरूले एकीकृत योजना निर्माण गरी अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो । युवाहरू सामाजिक परिवर्तनका लागि लाग्न अनुरोध गर्नुभयो ।

पूर्व सिंचाई राज्यमन्त्री पुनले युवाहरूको साझा सपनाने रोल्पाको भविष्य निर्माण हुने बताउँदै सबै लाग्नका लागि अनुरोध गर्नुभयो । आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । यस्तै उहाँले रोल्पा जिल्लाका युवाहरूको वैदशिक रेमिट्यान्सले नै हाल जिल्ला धानिएको बताउँदै अब अर्काको देशमा होइन अब आफ्नो स्थानमै सामुहिक कार्य थालनि गर्नुपर्ने बताउनुभयो । विशिष्ट अतिथि पुनमगरले रोल्पा जिल्लाका युवाहरूले अब आफ्नो लागि सोच्नु पर्ने बताउँदै त्यसका लागि आफू युवाहरूको साथमा नै रहने बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि समाज सेवी एवं पूर्ण बुढामगर, जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्तीमगर, सुनछहरी गाउँपलिका अध्यक्ष धनबहादुर पुन, प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्य, एकीकृत समाजवादी रोल्पाका प्रतिनिधी प्रताव घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष एवं मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्मा, नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति डीवी घर्तीमगर, उद्योग वाणिज्य संघ रोल्पाका कोषाध्यक्ष बसन्ता आचार्य संस्थाका सल्लाहकार संयोजक काशीराम डाँगी लगायतको आतिथ्यता रहेको थियो ।

अधिवशेनले डिलाराम वलीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ जसको बरिष्ठ उपाध्यक्ष कमल बाँठामगर, उपाध्यक्ष नरेन्द्र जिसी उपाध्यक्ष गोपाल डाँगी, उपाध्यक्ष लालकुमारी रोका, महासचिव शेरबहादुर डाँगी, सचिव रोशन गिरी, सचिव रमेश बुढामगर, सचिव रितमान खड्का, सहसचिव पवन रसाईली, कोषाध्यक्ष निशा वली, प्रबक्त वकिल बहादुर पुनमगर, सदस्यहरू भिम बुढाथोकी, महेन्द्र, घर्तीमगर, दिलबहादुर पुनमगर, तेजकुमार, बुढामगर, दिपेन्द्र डाँगी, दिलप्रसाद नु घर्तीमगर, ओमप्रकाश खड्का, मनिषा पुनमगर, धनमाया रोकामगर, जगुमति का घर्तीमगर, कमल पुनमगर, कल्पना घर्तीमगर, ओमप्रकाश वली रहेको छ भने केन्द्रीय सदस्यहरू भिमसेन डाँगी, जिवन घर्तीमगर, धनबहादुर रोकामगर, हरिजुनी घर्तीमगर, भिम बुढामगर, चुन  बुढामगर, धन फाँक्रीमगर, रेगम क्षेत्री, सुनामी घर्तीमगर, उमेश वि.क, जेनिशा वली, कुमार के.सी, सुरेशकुमार के,सी., अजय सुनार, खुम नेपाली, जयबहादुर मैं घर्तीमगर, हेमराज वि.क, जगविर डॉगी, दिवस खड्का, ताजाराम वली, दुर्गाबहादुर खड्का, मनसरी घर्तीमगर, केशर बहादुर खत्री, नन्दकुमार डाँगी, तेजबहादर परियार, ताविराम घर्तीमगर, मानसिंह परियार, रविलाल घर्तीमगर, कमल डाँगी, जगबहादुर नेपाली, नरबहादुर मरमथामी, सुनिता घर्तीमगर, तेजकुमारी परियार, कृष्ण बस्नेत, रविना घर्तीमगर, भरत डाँगी, एलिसा घर्तीमगर आदि रहेको छन् ।

समितिले रोल्पाका दिलबहादुर बचाऔं अभियानमा आर्थिक संकलन अगुवाई गरी दिलबहादुरलाई मृत्यदण्डबाट बचाउन सफल भएको थियो । यस्तै सामाजिक सेवाको विभिन्न कार्य गर्दै अगाडि बढेको छ ।

कार्यक्रम संस्थाको अध्यक्ष सन्दिप थापाको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य डिबी बुढाथोकीले राख्नुभएको थियो र कार्यक्रम सञ्चालन वकिल बहादुर पुन र महेन्द्र घर्तीले गर्नुभएको थियो ।