रोल्पा नगरपालिका- ८ नम्बर वडालाई शून्य होम डेलिभरी घाेषणा

रोल्पा नगरपालिका- ८ नम्बर वडालाई शून्य होम डेलिभरी घाेषणा

१६ असार, राेल्पा । रोल्पा नगरपालिका वडा नम्बर ८ जंकोट पूर्ण संस्थागत सुत्केरी शुन्य होम डेलिभरी वडा घोषणा गरिएको छ ।

नगर प्रमुख सुरेन्द्र थापा घर्तीको प्रमुख आतिथ्यतामा तथा जिल्ला समन्व्य समितिका उपप्रमुख कर्मलाल परियार र नगर उपप्रमुख गिता आचार्यको बिशिष्ट आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

८ नम्बर वडा कार्यालय र जंकोट स्वास्थ्य चौकीको ब्यवस्थापन रोल्पा नगरपालिका स्वास्थ्य शाखा लिबाङ रोल्पाको आयोजनामा जंकोटमा कार्यक्रम सम्पन्न भएको हो ।

Europass CV in Nepal

अनमि लोककुमारी घर्तीको स्वागत मनतब्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन स्वास्थ्यचौकी प्रमुख दिपेन्द्र बिकले गर्नुभयो ।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख टंक गीरी, समाजसेवी तथा बुद्धिजिवीका तर्फबाट नौलसिं पुनमगर, भुपुु गाविस अध्यक्ष पूर्ण प्रकास पुन, महिला स्वास्थ्य स्वयम सेविका देबु बुढा, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोखरेल, नगर उपप्रमुख गिता आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियार, नगर प्रमुख सुरेन्द्र थापा घर्ती लगायतले शुभकामना मनतब्य दिनुभएको थियो । भने विभिन्न सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय आमा समुहले रयाली सहित मयुर नाच प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रतिवद्धता समेत हस्ताक्षर गरिएको थियो ।

पोषणमैत्री, पूर्ण संस्थागत सुत्केरी, पाँच आधुनिक साधनको उपलब्धता स्वास्थ्यचौकी घोषणा गर्नमा अहोरात्र खटने, स्वास्थ्यसंस्थाका कर्मचारीहरु, ब्यवस्थापन समिति, वडा कार्यालय परिवार, आमा समुह, स्वास्थ्य स्वयम सेविकाहरु लगायतलाई कदरपत्रले सम्मान गरिएको नगरपालिका जनाएको छ ।

Europass CV in Nepal