८ भदाै, राेल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँ कमिटीको बैठक सम्पन्न भएको छ ।
गाउँ कमिटी उपाध्यक्ष बिजय घर्तिको अध्यक्षता, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र पुन सिजलको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको बिशिस्ट आतिथ्यता, अतिथिहरुमा लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष वीर बहादुर खत्री, माओवादी केन्द्र जिल्ला समिति सयाेजक गुनेन्द्र घर्ती बिज्ञान, निवर्तमान जिल्ला सदस्य राम बहादुर वली, अखिल क्रान्तिकारी रोल्पाका अध्यक्ष अशोक वली परिवर्तन लगायत गाउ कमिटी सदस्यहरुको उपस्थिति रहेकोे थियो ।
बैठकले माओवादी केन्द्रले गंगादेव गाउँपालिका रोल्पामा छाँया सरकार बनाउने, माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको सर्कुलर र जिल्ला समन्वय समितिको सर्कुलर निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, गंगादेवमा कार्यरत करार कर्मचारीलाई काङ्ग्रेस नेतृत्वको स्थानीय सरकारले प्रमुख प्रशासकीयको क्षेत्राधिकारलाइ मिचेर बिना कारण कार्यसम्पादनलाई व्यवास्ता गरि हटाउनु गैरन्यायिक र बदलाब रहेको निष्कर्ष निकाल्दै बिरोध जनाएको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य दिपेन्द्र कुमार पुन सिजलले गंगादेवमा माओवादी केन्द्र ठूलो दल भएर पनि सहि व्यवस्थापन गर्न नसक्नु, स्थानीय सरकारबाट गरेका बिकास निर्माणबारे जनतालाइ बुझाउन नसक्नु र प्राबिधिक कारणले चुनाव हारेको बताउनुभएको छ ।
उहाँले ८ औं राष्ट्रिय महादिवेशन नेपाली समाजवादको बाटो कार्यदिशा तय गरेको र यसलाई विशेष महादिवेसन मार्फत थप बिकसित र प्रष्ट बनाएर अगाडि बढ्ने बताउनु भएको छ । उहाले मङ्सिर ४ गते हुने निर्वाचनमा रोल्पामा माओवादी केन्द्रले संघ र प्रदेश सभाका २ दुइवटै निर्वाचन क्षेत्र पाउने गरि सहमति गर्न केन्द्रिय समितिमा शुझाव राखेको बताउनुभएको छ ।
बिशिस्ट अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यले गंगादेवमा माओवादी केन्द्रले गतिविधि शसक्त बनाउनु पर्ने र कार्यशैली परिमार्जन गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
बैठकका अतिथि माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष वीर बहादुर खत्री अपराजयले संगठन र पार्टी सदस्यको हिसाबले माओवादी केन्द्र गंगादेवको ठूलो दल भएको दाबी गर्नु भएको छ । उहाले अन्तरघात र ३ वटा कम्युनिस्ट पार्टी लडदा काङ्ग्रेस आउनु स्वाभाविक भएको बताउदै आगामी ०८४ को निर्वाचनमा माओवादी सग टक्कर गर्ने काङ्ग्रेस भएकोले यसलाई हराउने गरि अगाडि बढ्नु पर्ने बताउनु भएको छ ।
माओवादी केन्द्र रोल्पाका सयोजक गुनेन्द्र घर्तिले गंगादेव माओवादी केन्द्रका नेतैनेता भएको गाउँपालिका भएकोले सबैले सक्रियता देखाउदा लाल एरिया बनाउन सकिने बताउनु बताउनु भएको छ । उहाले गंगादेवमा माओवादी केन्द्रको कार्यालय स्थापना गरेर गतिविधि व्यबस्थित बनाएको प्रती खुसी व्यक्त गर्दै अन्य पालिकाले पनि कार्यालय स्थापना गर्न पहल गर्ने बताउदै माओवादी केन्द्रका गतिविधिलाई व्यापकरुपमा प्रचारप्रसार गर्नु पर्ने कुरामा जोड दिनुभएको छ ।
माओवादी केन्द्रका निवर्तमान रोल्पा जिल्ला सदस्य राम बहादुर वली माओवादी केन्द्रले राजनीतिक कार्यदिशा प्रष्ट पार्नु पर्ने बताउदै पार्टीको स्पष्ट कार्यनीति नहुदा पार्टी संगठनलाई एकताबद्ध बनाउन नसकिएको , काङ्ग्रेस सग गठबन्धन गरेर समाजवाद नआउने बताउदै रोल्पामा काङ्ग्रेसले भाग पाए चुनाव बहिष्कार गर्ने चेतावनी दिनुभएको अशाेक वलीले जानकारी दिनुभयो ।