राेल्पा । गृह मन्त्रालयले गरेको ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुको कार्यसम्पादन मूल्यांकनमा तत्कालीन रुकुम पश्चिमका तथा हालै राेल्पा सरुवा भएका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे सबैभन्दा बढी अंक पाएर उत्कृष्ट भएका छन् ।
गृह मन्त्रालय अन्तर्गत सह-सचिवको नेतृत्वमा रहेको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले गरेको प्रमुख जिल्ला अधिकारीहरुको मूल्यांकन २०७५ साल देखि गर्दै आएको छ। त्यहि अनुसार याे मन्त्रालयले मुल्यांकन गरेको हाे।
रुकुम पश्चिममा प्रजिअ घिमिरेले २०७७ पुस २८ देखि २०७९ माघ १५ सम्म प्रजिअका रुपमा कार्यरत थिए । १३ महिना रुकुम पश्चिममा कार्यरत रही उत्कृष्ट भएका उनको सरुवा गत १९ गते मात्रै रोल्पामा गरिएको छ । २०७९ साउन देखि पुससम्म ६ महिनाको मूल्यांकनकाे आधारमामा उत्कृष्टको सूचीमा परेका हुन। जस समयवधिमा प्रजिअ घिमिरे रुकुुम पश्चिममै सेवारत थिए।
त्यस्तै दोस्रोमा रुकुम पूर्वको प्रजिअ तुलाराज सुनुवार परेका छन् । प्रजिअ सुनार २०७९ असार ८ देखि कार्यरत छन् । उत्कृष्ट दशकाे सुचीमा प्यूठान, रुपन्देही, पर्वत, नवलपरासी पूर्व, डडेलधुरा, दाङ, काठमाडौं र गुल्मीका जिल्ला प्रशासन कार्यालय परेका छन् ।
सबैभन्दा कम अंक पाउनेमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ लगायत छन् ।