राेल्पा । राेल्पाकाे माडी गाउँपालिका-५ भावाङ बाङ्गमा टाेलमा रहेकाे जीवन सुधार आमा समुहले पानी छान्ने फिल्टर र सुधारिएकाे चुलाे वितरण गरेकाे छ ।
आमा समुहबाट ५७ हजार रुपैयाँ र नपुगेकाे रुपैयाँ ५७ घर परिवारले थप्ने गरेर ४० वटा फिल्टर खरिद र १७ वटा सुधारिएकाे चुलाे वितरण गरिएकाे आमा समुहका अध्यक्ष ममता केसी ओलीले जानकारी दिनुभयाे ।
वितरण कार्यक्रममा निवर्तमान माडी गाउँपालिका वडा सदस्य सविना घर्तिमगर, रेड स्टार युवा समुहका अध्यक्ष खिमा बुढा मगर लगाएतकाे उपस्थित रहेकाे थियाे ।