माडी-१ भितावाङमा रहेकाे सरस्वती आधारभूत बिद्यालयकाे २ काेठे भवन उद्घाटन

माडी-१ भितावाङमा रहेकाे सरस्वती आधारभूत बिद्यालयकाे २ काेठे भवन उद्घाटन

राेल्पा । राेल्पाकाे माडी गाउँपालिका-१ भितावाङमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतको २ कोठे बिद्यालय भवनको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले शुक्रवार औपचारिक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष रोहित सिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जयपुरी घर्तिमगर जुनमायाको बिशिष्ट आतिथ्यता रहेको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको कुल २५ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त भवन समय मै सम्पन्न गरेकोमा उपभोक्तालाइ पालिका अध्यक्ष घर्तिमगरले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Europass CV in Nepal

बिद्यालयमा आफु विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष भएको स्मरण गर्दै अध्यक्ष घर्तिमगरले बिद्यालयको गुणस्तर र विद्यार्थी सङ्ख्या वृद्धि गर्न बिद्यालय परिवारलाइ ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा बिद्यालयलाइ विभिन्न समयमा आर्थिक र भौतिक सहयोग गर्ने सहयोगीदातालाइ सम्मान पत्रले सम्मान गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक तोप बहादुर घर्तिमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक कमानसिङ घर्तिमगरले गर्नुभएको गाउँपालिका प्रेस सल्लाहकार बुद्घिमान ओलीले जानकारी दिनुभयाे ।

Europass CV in Nepal