माडी-५ भावाङमा वडा स्तरिय पढाइ मेला सम्पन्न

माडी-५ भावाङमा वडा स्तरिय पढाइ मेला सम्पन्न

राेल्पा । माडी गाउँपालिका वडा नम्बर ५ भावाङको आयोजनामा पढाइ मेला कार्यक्रम बागेश्वरी माध्यामिक बिद्यालय माडी ५ पाछावाङमा सम्पन्न भएको छ ।

वडा अध्यक्ष तेजेन्द्र बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता, श्रुतिलेखन, अनुलेखन, अक्षर चिनारी प्रतियोगिता सम्पन्न भएको छ ।

जस अन्तर्गत हाजिरी जवाफमा वागेश्वरी मावि भावाङचौर प्रथम र तेस्रो, वागेश्वरी मावि पाछावाङ दोस्रो र सान्त्वना भएका थिए ।
त्यस्तै वादविवाद प्रतियोगितामा वागेश्वरी मावि पाछावाङ प्रथम र वागेश्वरी मावि भावाङचौर दोस्रो भएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य इन्द्र बहादुर सिटिमहर बिक, कृष्ण मावि घर्तिगाउँका वि.व्य.स. अध्यक्ष मधु सुधन बुढामगर स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगाएतको उपस्थिति रहेको थियो ।

वडा सदस्य हरक बहादुर रोकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षक गौरास घर्तिमगरले गर्नुभएको थियो । पढाइ मेलामा वडाका ८ वटा सामुदायिक बिद्यालयको सहभागीता रहेको थियो ।

Europass CV in Nepal