रोल्पाको जेलबाङमा भुम्या मेला असार १ गते देखि हुने

रोल्पाको जेलबाङमा भुम्या मेला असार १ गते देखि हुने

२६ जेठ, रोल्पा । मगरहरुको महान पर्व भुम्या पर्व सुनछहरी गाउँपालिका ७ जेलबाङमा आउदो असार १ गतेदेखि मनाईने भएको छ ।

भुम्या मेला जेलबाङको भुम्याथालामा आउदो असार महिनाको १ गतेदेखि ३ गते सम्म ३ दिन भुम्या मेला हुनेभएको हो । उक्त मेला पर्यटन प्रवर्द्धन तथा गेमी होमस्टे सुनछहरी गाउँपालिका ७ जेलबाङको आयोजनामा मनाउन लागिएको होमस्टेका अध्यक्ष पृथ्वी पुनमगर ‘बालकुराम’ले जानकारी दिए ।

प्रत्येक वर्षको असार महिनाको १ गते जमिनको पुजापाठ गरि मनाइदै आएको भुम्या पर्व कोभिड- १९ कोरोना भाइरस महामारीको कारण विगत २ वर्षदेखि बन्द भएको पर्व पुर्न यस वर्षदेखि मनाउन लागिएको हो।

Europass CV in Nepal

भुम्या पर्व खास गरि जमिनको पुजापाठ हो । जमिनको पुजापाठ गर्नाले प्राकृतिक विपत्तिबाट बच्न सकिने विश्वासका साथ भुम्या पर्व मनाउने गरिन्छ । यो पर्व पश्चिम नेपालका पहाडी जिल्लाहरु रोल्पा, पुर्वीरुकुम म्याग्दी लगाएतका क्षेत्रहरुमा रहेका मगर जातिहरुले मुख्य पर्वको रुपमा धुमधामले मनाउने गर्दछन ।

Europass CV in Nepal