गंगादेव गाउँपालिका इन्जिनियर ५० हजार घुस सहित पक्राउ

गंगादेव गाउँपालिका इन्जिनियर ५० हजार घुस सहित पक्राउ

२४ असार, राेल्पा । रोल्पास्थित गंगादेव गाउँपालिकाको कार्यालयका इन्जिनियर घुससहित पक्राउ परेका छन्।

गाउँपालिकाका इन्जिनियर नविन डाँगी सेवाग्राहीबाट घुस लिँदै गर्दा ५० हजार रूपैयाँसहित रंगेहात पक्राउ परेका हुन्।

मोटरबाटो निर्माण योजनाको नापी किताब तथा बिल तयार गरिदिएवापत लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

Europass CV in Nepal

इन्जिनियर डाँगीलाई सरकारी निवासबाट ५० हजार घुस रकमसहित नियन्त्रणमा लिइएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।

स्राेतका  अनुसार सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवलस्थित सम्पर्क कार्यालय र नेपालगन्जबाट खटिएको टोलीले इन्जिनियर डाँगीलाई  नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

Europass CV in Nepal