नेपाल मगर विद्यार्थी संघ राेल्पाकाे अध्यक्षमा बुढामगर निर्वाचित

नेपाल मगर विद्यार्थी संघ राेल्पाकाे अध्यक्षमा बुढामगर निर्वाचित

५ भदाै, राेल्पा । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिती रोल्पाको ११ औं जिल्ला अधिवेशन हिजो रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।

नेपाल मगर संघका केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउँपालिका रोल्पाका अध्यक्ष धन बहादुर पुन मगरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल मगर बिद्यार्थी संघका केन्द्रिय सदस्य नरेन्द्र घर्ती मगर, मगर बुद्धिजीवी तथा संघका सल्लाहकार अग्रज मगर खेम बहादुर बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो ।

यस्तै अन्य अथितीहरुमा संघका सल्लाहकार र मगर अग्रज बुद्धिजीवी डि.बि घर्ति मगर, नेपाल मगर संघ रोल्पाका अध्यक्ष कुम बहादुर पुन मगर, मगर अग्रज तथा कानुन सल्लाहकार अधिवक्ता टेकम प्रसाद घर्ती मगर ,नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर, नेपाल मगर महिला संघ लुम्बिनी प्रदेशका सचीव स्मृति रोका मगर ,संघका पुर्ब अध्यक्ष नर बहादुर बुढा मगर, संघका पुर्बकोष अध्यक्ष रामकुमारी रोका मगर, फोनिज रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर, मगर विद्यार्थी संघ दाङ जिल्लाका निबर्तमान अध्यक्ष प्रकाश बुढा मगर लगाएत रोल्पा जिल्लामा सञ्चालित बिभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको आयोजकले बताएको छ ।

Europass CV in Nepal

११ औं जिल्ला अधिवेशनको अबसरमा २०७८ सालको एस.इ.इ परिक्षामा रोल्पा जिल्ला बाट जिल्ला प्रथम हुन सफल थबाङ गाउँपालिकाको श्री बल भद्र नमुना मा.बिका सोनिया झक्री मगरलाई नगद १ हजार ५सय ५ नगदसहित सम्मान गरिएको थियो । उक्त अधिवेशनले रामकुमार बुढा मगरको अध्यक्षतामा ४ जनापछि मनोनित गर्ने गरि १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा दिपेश बुढामगर, सचिवमा चन्द्र रोकामगर सह सचिव मनिसा रोकामगर कोषाध्यक्ष दिलकुमारी घर्तीमगर लगायत सदस्यहरुमा हिमाल बुढामगर, एन्जल बुढामगर, बिन्ज्योती बुढामगर, रेशम घर्तीमगर, बिष्णु कुमार पुनमगर ,वसन्त बुढामगर , उज्जल पुनमगर, खिमा बुढामगर , अनिता घर्तीमगर, रुपा बुढामगर,अस्मली पुनमगर, सबिना घर्तीमगर लगाएत रहनु भएको छ ।

Europass CV in Nepal