रेडस्टार युवा समुह माडी-५ भावाङको चाैथाे वार्षिकोत्सब उद्घाटन

रेडस्टार युवा समुह माडी-५ भावाङको चाैथाे वार्षिकोत्सब उद्घाटन

१७ असाेज, राेल्पा । रेडस्टार युवा समुह माडी गाउँपालिका ५ भावाङ बाङ्गमा रोल्पाको चाैथाे वार्षिक उत्सब तथा रमाइलो दशै कार्यक्रमको एक कार्यक्रम बिच साेमबार उद्घाटन भएको छ । “गाउँविकासकाे विकासकाे आधार, हाम्रो रेड स्टार” भन्ने मुलनाराका साथ सुरु भएको चाैथाे वार्षिक उत्सबको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एंव माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर (मित्रमणी) बुढामगर गर्नु भएको छ ।

कार्यक्रमको विशिष्ट अतिथिमा माडी गाउँपालिका वडा नं. ५ का अध्यक्ष तेजेन्द्र बुढा मगर (संकलन) रहनु भएको थियो । कार्यक्रमको अतिथिहरुमा माडी गाउँपालिका नेकपा माओवादी पार्टी सचिब वीर बहादुर घर्ती मगर (हावा) नेकपा माओवादी केन्द्र माडी गाउँपालिका ५ भावाङका अध्यक्ष नन्द बहादुर बाठाँ (आक्राेस), माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्य रत्न बहादुर डाँगी, निवर्तमान वडा सदस्य सविना घर्तीमगर, नेकपा एकीकृत समाजवादी जिल्ला सदस्य कुम्भकर्ण डाँगी लगाएत ५ नम्बर वडाका जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,स्थानीयहरुको उपस्थिति रहेको थियो ।

रेड स्टार युवा समुहका अध्यक्ष खिमा बुढा मगरको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सञ्चालन समुहका सचिव प्रेम वलीले गर्नु भएको स्वागत मन्तव्य समुहका उपाध्यक्ष घनश्याम वलीले राख्नु भएको थियाे ।

आजबाट संचालन भएकाे समुहको बार्षिक उत्सवमा महिलापुरुष भलिबल, सामुहिक नृत्य, लोकदोहोरी, मयुर नाच, पैसरु नाच, एकल नाच र घैटाफाेर आयोजना गरिएको आयोजकले जानकारी बताएको छ ।

Europass CV in Nepal

Europass CV in Nepal