प्युठानमा विङ्गर दुर्घटना हुँदा ८ जना घाइते

प्युठानमा विङ्गर दुर्घटना हुँदा ८ जना घाइते

६ भदाै, प्यूठान । प्यूठानमा सानो गाडी दुर्घटना हुदा आठ जना यात्रु घाईते भएका छन ।

दाङको भालुबाङबाट प्यूठान जादै गरेको लु २ ख ६५६९ नम्वरको विङ्गर जिल्लाको सरुमारानी गाउँपालिका-४ कुडुँले नजिकै दुर्घटना भएको हो । घाईतेमध्ये १ जनाको अबस्था गम्भीर छ। अन्य ७ जना समान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईतेहरुलाई उपचारका लागि भालुवाङ पठाइएको छ । ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको हो ।

Europass CV in Nepal

गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । घाईतेहरुको सरुमारानी गाउँपालिकाका नगरप्रहरी नेपाल प्रहरी सहित स्थानियले उद्धार गरेको सरुमारानी पालिकाका कार्यपालिका सदस्य पुर्ख सिंह सुनारले कामनाडेलीलाई जानकारी दिए ।

Europass CV in Nepal