राेल्पा नगरपालिकाद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

राेल्पा नगरपालिकाद्वारा स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

८ जेष्ठ, राेल्पा । निवर्तमान जनप्रतिनिधिकाे बिदाई तथा नव निर्वाचित जनप्रतिनिधिहरुकाे स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement. Custom Text

राेल्पा नगरपालिकाकाे आयाेजनामा राेल्पा उद्योग बाणिज्य संघकाे हलमा आयाेजित कार्यक्रममा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

वर्तमान नगर प्रमुख सुरेन्द्र थापा घर्ती (ध्रुब)काे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निवर्तमान नगर प्रमुख पुर्ण केसी, वर्तमान उपप्रमुख गिता आचार्य, निवर्तमान उपप्रमुख मनकुमारी घर्ती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलि, राेल्पा नगरपालिकाका वर्तमान वडा अध्यक्षहरु, निवर्तमान वडा अध्यक्षहरु, वर्तमान र निवर्तमान वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाइ फुलमाला र टीका लगाएर स्वागत र निवर्तमान जनप्रतिनिधिहरुलाइ खादा अाेढाएर सम्मान सहित मायांकाे चिनाे कलश उपहार दिएर विदाइ गरिएको थियाे ।

Advertisement. Custom Text

कार्यक्रमका अवसरमा निवर्तमान वडा अध्यक्षहरुकाे तर्फबाट २ नम्बर वडा अध्यक्ष खिमबहादुर घर्ती र नव निर्वाचित वडाअध्यक्षहरुकाे तर्फबाट ४ नम्बर वडा अध्यक्ष मित्रलाल गुरुङले शुभकामना मनतब्य राख्नुभएको थियाे ।

कार्यक्रममा निवर्तमान मेयर पुर्ण केसी र निवर्तमान उपमेयर मनकुमारी घर्तीले ५ वर्षे कार्यकाल सुखद रहेकाे बताउनुभयाे । शुरुवाति चरणमा निकै कठिनाईका साथमा शुरुगरिएकाे, कर्मचारीहरुकाे पुर्ण पदपूर्ति नभएको, काेभिडकाे महामारि फैलिएको यस्ता विविध समस्याबाट जुध्दै ५ वर्षेकार्यकाल सफल पार्नका लागि राेल्पा नगरपालिकाका कर्मचारीले ठुलाे समन्वय र सहकार्य गरेकाेमा आभार ब्यक्त गर्नुभयाे । ५ वर्षे कार्यकाललाइ सफल बनाउनका लागि नजिकैबाट सहयाेग गर्ने राेल्पा नगरपालिकाबासिहरु, विभिन्न सराेकारवालाहरु, राजनितीकदल, संघ संस्था, विभिन्न सामाजिक संघ, संस्था सबैलाई हार्दिक आभार ब्यक्त गर्नुभयाे । ५ वर्षेकार्यकालमा पुर्वाधारका क्षेत्रमा धेरै काम भएको र शिक्षा, स्वास्थ्य , मानविय विकासका लागि जनताका अवस्था परिवर्तनकालागि आफुहरुले शुरुवात गरेकाे र अहिलेका नव निर्वाचितहरुले स्तरउन्नति, नगरबासिहरुकाे अवस्था बदल्नका लागि भुमिका खेल्न समेत आग्रह गर्नुभयाे । सुशासन, आर्थिक पारदर्शिताकाे दृष्टिकोणले राेल्पा नगरपालिका नमुनामा पर्ने ठाेकुवा गर्दै यस्लाइ निरन्तरता दिन आग्रह गर्नुभयाे ।

कार्यक्रममा वर्तमान नगरप्रमुख सुरेन्द्र थापा घर्ती, उपप्रमुख गिता आचार्यले विदाई भएर जाने सबै जनप्रतिनिधिहरुकाे कामकाे मुल्यांकन गर्दै हार्दिक आभार ब्यक्त गर्नुभयाे । सम्पुर्ण नगरबासिहरुले जुन अपेक्षाका साथमा विजयि गराउनुभएकाे छ त्यसकाे पुर्णता दिनका लागि जनभावना अनुसार काम गर्नेमा जाेड दिनुभयाे ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलिकाे स्वागत मनतब्यबाट शुरुभएकाे कार्यक्रमकाे सञ्चालन प्रशासकीय अधिकृत सुशील कुमार थापाले गर्नुभएको थियाे ।