मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
खेलकुद

मेस्सी vs रोनाल्डो : फ्रेन्च क्लब आज पीएसजी र साउदी अल स्टार ११ बीच प्रतिस्पर्धा हुँदैछ

Himali Patrika 1 मिनेट पढाइ

एजेन्सी । विश्वकपको उपाधि उचालेको एक महिना एक दिनपछि आज लियोनल मेस्सी आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको टोलीविरुद्ध भिड्दैछन्। आज फ्रेन्च क्लब पीएसजी र साउदी अल स्टार ११ बीच प्रतिस्पर्धा हुँदैछ।

साउदी अल स्टार ११ मा साउदी अरेबियाका दुई क्लब अल नासिर र अल हिलालका खेलाडी सम्मिलित हुनेछन्। यो टोलीको कप्तानी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गर्नेछन्।

दुई खेलमा प्रतिबन्ध लागेकाले रोनाल्डोले अल नासिरमा अनुबन्ध भए पनि खेल्न भने पाएका थिएनन्। आज उनले अल नासिरको तर्फबाट डेब्यु समेत गर्नेछन्। यता मेस्सी, एम्बाप्पे र नेयमार सम्मिलित पीएसजी मिड सिजन टुरका लागि यो महिनाभर मध्यपूर्वी देशमा हुनेछ।

आजको खेललाई मेस्सी र रोनाल्डोबीचको अन्तिम भिडन्त भनेर पनि व्याख्या गरिएको छ। यो खेलबाट पीएजसीले १० मिलियन युरो कमाउने छ। यो भनेको आजको विनिमय दरअनुसार एक अर्ब ४० करोड रुपैयाँ हो। खेल नेपाली समयअनुसार राति १०:४५ बाट सुरु हुनेछ। खेल साउदीको किङ फाहद रङ्गशालामा खेलिनेछ।

यसरी हेर्न मिल्छ खेल

पीएसजी र साउदी अल स्टार ११ बीचको खेल पीएसजी टिभीमा प्रशारण हुनेछ। संयुक्त अधिराज्य (यूके) बाहिरका दर्शकले भने बीइन स्पोर्ट्समा हेर्न सक्नेछन्।

यस्तै पीएसजीले आफ्नो फेसबुक र युट्युब च्यानलमा समेत खेलको प्रत्यक्ष प्रशारण गर्नेछ। यूकेका दर्शकले भने यसबापत १.९९ युरो तिर्नुपर्नेछ। नेपाली दर्शकले भने कुनै शुल्क तिर्नुपर्दैन। यस्तै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खेलको लाइभ कभरेज गर्नेछन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।