दाङ प्रहरीले फिर्ता गर्यो हराएको ७ लाख रुपैयाँ

दाङ प्रहरीले फिर्ता गर्यो हराएको ७ लाख रुपैयाँ

२८ मंसिर, घोराही।  तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका निमप्रसाद चौधरी र वडा नम्बर ७ का साजन चौधरी गत आईतबार बेलुका घोराहीबाट तुलसीपुर तर्फ जाँदै थिए । घोराही १६ कपासी नजिकै बाटोमा पैसाको बिटो पोलीथिन व्यागमा भेटाए । उनिहरुले कही कसैलाई भनेनन् र घरमा लगेर राखे । उनिहरु समाचारमा कतै आयो भने दिउँला भन्ने सोच्यौँ र प्रहरीलाई पनि भनेनौ ।

पैसा हराएको केही समय पछि जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी मुुकुुन्दप्रसाद रिजाललाई फोन आयो । सर्रा आसपासको सडकमा ७ लाख रुपैयाँ खस्यो । लगत्तै अर्को नयाँ नम्बरबाट फोन आयो र ति व्यक्तिले भने म प्रहरी निरीक्षक अनिता महत हुुँ । सर्रा नजिकै रोडमा रा ७ प १३८६ नम्बरको मोटरसाईकलबाटछ खसेको पैसा लुु ७६ प ८४५७ नम्बरको मोटरसाईकलमा सवार व्यक्तिहरुले लिएर गएका छन् । यति भने पछि डिएसपी रिजालले सबै तिर प्रहरीलाई सूचना दिए ।

तत्काल उक्त मोटरसाईकल र व्यक्तिको पहिचान गरेर पैसा लिएर आउनुु भनेर आदेश जारी भयो । प्रहरीले खोजी सुुरु ग¥यो । अर्को दिन पैसा हराउने व्यक्ति घोराही १० नारायणपुरमा पसल गर्दै आएका खेमराज शर्मा प्रहरी कार्यालयका आउनुुभयो । सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकालेर घर हिडेका न्यौपानेले पैसा खसेको केही पर पुुगेपछि मात्रै थाहा पाउनुुभयो । फर्केर आउदा कहि भेटिए । विडम्बन न्यौपानेले उक्त पैसा मोटरसाईकलका लेगार्डमा झुुण्ड्याएको र बाटो खाल्डा खुल्डी भएका कारण झ्याक्कीएर खसेको रहेछ ।

Europass CV in Nepal

प्रहरीले २७ गते दिनभर यातायात कार्यालयमा बसेर मोटरसाईकल पहिचान गर्ने काम गरेपछि अन्तत पैसा फेला प¥यो । पैसा सहित दुुबै व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईयो । घोराही ११ खैरामा घर भएका प्रहरी निरीक्षक अनिता महानगरिय प्रहरी शिक्षालयमा कार्यरत रहेकी छिन् । विहे भोजमा आएकी अनिता घोराही तर्फ आउदै गर्दा उक्त घटना देखेपछि तत्काल प्रहरीमा जानकारी गराएको बताउछिन् । मंगलबार डिएसपी रिजालले सबै पक्षलाई बोलाई पैसा सम्बन्धीत व्यक्तिलाई फिर्ता गरे ।
कार्यक्रममा अनिताले म प्रहरी मात्रै नभएर यो देशको सच्चा नागरिक भएकाले तत्काल सूचना दिएको हुँ ।

त्यो मेरो कर्तव्य र दायित्व थियो । साथै डिएसपी रिजालले सानो अबासधानीले ठूलो क्षति हुने भएकाले आगामी दिनमा यस्तो हेलचेक्राँइ नगर्न सुुझाब दिए । पैसा जस्तो चिज लेगार्डमा झुुण्ड्याउने हैन अब साबधानी र सुरक्षित ढंगले काम गर्न आग्रह गरे । हराएको पैसा बुुझ्दै शर्माले डिएसपी रिजाललाई र प्रहरी निरीक्षक महतलाई खादा लगाईदिएर सम्मान व्यक्त गरे ।

Europass CV in Nepal