बागेश्वरी माविमा कक्षा १० का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

बागेश्वरी माविमा कक्षा १० का विद्यार्थीलाई विदाई कार्यक्रम सम्पन्न

२२ चैत्र, राेल्पा । माडी गाउँपालिका वडा नंं ५ भावाङ, पाछावाङमा अवस्थित बागेश्वरी माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच विदाई गरिएको छ ।

एसईई परीक्षाको तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुलाई कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रमको आयोजना गरी विदाई गरेका हुन् ।

कक्षा ८ का छात्र लभ कुमार बुढा मगरको अध्यक्षता तथा माडी ५ भावाङका वडा अध्यक्ष भरत बहादुर बुढा मगरकाे प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको हो ।

Europass CV in Nepal

कार्यक्रमका प्रमुख अतिथि बुढा मगरले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको उज्ज्वल भविष्यको कामना गर्नुका साथै आफूले आर्जन गरेको ज्ञान र सिपलाई दैनिक जीवन र व्यवहारमा लागु गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर बुढा मगर, नि-वर्तमान अध्यक्ष तेजेन्द्र बुढा मगर लगायतले विदाई हुन लागेका विद्यार्थी भाइ बहिनीको सुन्दर भविष्यको कामना गरेका थिए ।

कक्षा ९ का छात्रा अनिता घर्ती मगरको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कक्षा ९ की छात्रा कमला डाँगीले गरेकाे शिक्षक राेशन परियारले जानकारी दिए ।

Europass CV in Nepal