अवैध क्रिप्टोकरेन्सीमा संलग्न रहेको आरोपमा दाङबाट तीनजना पक्राउ

अवैध क्रिप्टोकरेन्सीमा संलग्न रहेको आरोपमा दाङबाट तीनजना पक्राउ

दाङ । हाइपरफण्ड लगाएत नेपालमा प्रतिबन्धित डिजिटल करेन्सीको कारोबार गरेको आरोपमा दाङमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अनलाईन नेटवर्कीङ मार्फत हुुदै आएको कारोबारमा ठगि गरेको अभियोगमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।।

क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले घोराहीबाट ३ जनालाई पक्राउ गरेको दाङका प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए ।

पक्राउ पर्नेमा सबै रोल्पा घर भई घोराही बस्ने रहेका छन । आफु ठगिएको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको एसपी काफ्लेले जानकारी दिए ।

Europass CV in Nepal

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको बिशेष टाेलिले घोराही बस्दै आएका रोल्पा इरिबाङका कमल थापा, घोराही बुद्धि ग्यारेज नजिकै रहेको तोला होटेलका सन्चालक रोल्पाकै दिपक बोहोरा र रोल्पा होलेरि घर भइ हाल घोराही रतनपुरका सन्तोष श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुले आफ्ना घरकालाई नै १७ हजारको प्याकेज अन्तरगतको अनलाईन नेटवर्किङ मार्फत कारोबार गरिरहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

उनिहरुले गरेको कारोबारको बारेमा थप अनुसन्धान भइरहेको एसपि काफ्लेले बताए । अनलाईन नेटवर्किङको कारोबार अहिले रोल्पा, दाङसहित राप्तीका सबैजसो जिल्लामा प्रभाब परेको छ । प्रहरीले क्रिप्टोकरेन्सीको कारोबारमा संलग्नहरुलाई पछिल्लो समय लगातार पक्राउ गरिरहेको छ । नेपाल राष्ट बैंकले समेत यस्तो कारोबार संलग्न नहुने बारम्बार निर्देशन दिइरहेको छ।

Europass CV in Nepal