मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मेयर बालेन र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

Himali Patrika 1 मिनेट पढाइ

१५ मंसिर, काठमाडौ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।बिहीबार राष्ट्रियसभा गृहस्थित मेयर साहको कार्यकक्षमा राजदूत थम्पसनले भेट गरकेा हुन् ।

भेटमा राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको बताए ।

भेटका क्रममा आपसी सिकाई तथा हित प्रवर्द्धन, सम्पदा संरक्षण तथा प्रवर्धन, शहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा राजदूत थम्पसन र साहले छलफल गरेका थिए । अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर शहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।