मुख्य सामग्रीमा जानुहोस्
Friday, 25 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
अन्तराष्ट्रिय

कुकुरको खाना भन्दै अस्ट्रेलिया पठाउन खोजिएको कार्गोबाट साढे ४ लाखका चुरोट बरामद

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुकुरको खाना (डग फुड) भनेर अस्ट्रेलिया पठाउन लागिएको कार्गोबाट लाखौँ रुपैयाँ बराबरका नेपाली र भारतीय चुरोट बरामद गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार आइतबार कार्गो भवनमार्फत ३५ वटा पोका अस्ट्रेलिया पठाउने तयारी गरिएको थियो। पिक एभिएसन प्रालिका एजेन्ट अभिनव राईमार्फत अस्ट्रेलियामा रहेका सौरभ भण्डारी का नाममा पठाइँदै गरेको उक्त कार्गोमा कुकुरको खाना रहेको घोषणा गरिएको थियो।

तर भन्सार कार्यालय र नेपाल प्रहरीको संयुक्त टोलीले एक्स–रे स्क्रिनिङका क्रममा शंका लागेपछि गरिएको विस्तृत जाँचमा ३५ मध्ये ३२ वटा पोकाबाट नेपाली र भारतीय विभिन्न ब्रान्डका चुरोट फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।

प्रहरीका अनुसार बरामद गरिएका चुरोटको प्रारम्भिक बजार मूल्य करिब ४ लाख ३० हजार रुपैयाँ रहेको छ।

बरामद गरिएका सबै कार्गो पोका थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय लाई बुझाइएको प्रहरीले जनाएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।