मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अमेरिकी आकासमा पुगेको चिनियाँ जासुसी बेलुन अमेरिकाले खसाल्यो

Himali Patrika 1 मिनेट पढाइ

अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो।

उक्त जासूस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य साइटहरू पार गरेपछि खसालिएको एपीले जनाएको छ। अमेरिकी रक्षा सचिव एन्टोनी ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशन पछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा चिनियाँ निगरानी बेलुनलाई खसालेको हो।

अमेरिकी रक्षा मन्त्रालयले बुधबार नै मोन्टानामा गोली हानेर बेलुन खसाल्ने विचार गरेपनि त्यसबाट जमिनमा रहेका व्यक्तिलाई क्षति हुनसक्ने भएकाले खसाल्ने निर्णय गरेको थिएन ।

अमेरिकी सुरक्षा एजेन्सीहरूले अहिले भग्नावशेष सङ्कलन गरिरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले जासुसी बेलुनलाई गोली हान्न स्वीकृति दिएपछि सैन्य अधिकारीले यसलाई समर्थन गरेका थिए।

बेलुन खसाल्नु अघि संघीय उड्डयन प्रशासनले नर्थ क्यारोलिनाको विल्मिंगटन र साउथ क्यारोलिनाको चार्ल्सटन र मर्टलबीच एयरपोर्टहरूको लागि ग्राउन्ड स्टप जारी गरेको थियो। संघीय उड्डयन प्रशासनले मार्टल बीच नजिकैको हवाई क्षेत्रलाई पनि प्रतिबन्धित गरेको थियो।

यो बेलुनको साइज तीन वटा बस बराबर रहेको एपीले जनाएको छ। यता अमेरिकी आकाशमा देखिएको बेलुन आफ्नो भएको स्वीकार गर्दै चीनले मौसम अनुसन्धानका लागि प्रयोग गरिएको दावी गरेको थियो।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले बेलुन मुख्यतया मौसम अनुसन्धानको लागि प्रयोग गरिएको बताएको थियो। मन्त्रालयले बेलुनको सीमित स्टेयरिङ क्षमताहरू भएको र हावाको कारणले आफ्नो योजनाबद्ध मार्गबाट टाढा गएको बताएको थियो। अमेरिकी वायु क्षेत्रमा बेलुनको अनपेक्षित प्रवेशप्रति चीनले दुःख प्रकट गरेको थियो।

तर अमेरिकाले बेलुन खसालेपछि चीनले ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ। अमेरिकामा संदिग्ध चिनियाँ जासूस बेलुन देखिएपछि अमेरिकाले आफ्ना विदेशमन्त्री एन्टोनी ब्लिन्केनको बेइजिङ यात्रा स्थगित गरेको छ। यसले वाशिंगटन र बेइजिङ बीचको तनाव बढाउने काम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

ब्लिन्केन, राष्ट्रपति जो बाइडेन र अन्य शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीबीचको उच्चस्तरीय वार्तालाप पछि विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमण स्थगित भएको थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।