राजेश पायलले मेरो घर किन जलाएको भन्दा प्रचण्डले भने : माफी चाहन्छु

राजेश पायलले मेरो घर किन जलाएको भन्दा प्रचण्डले भने : माफी चाहन्छु

काठमाडौं। हालै नेपालका चर्चित गायक राजेश पायल राई र नेपाली राजनीतिक क्षेत्रका प्रसिद्ध नाम पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ। सो भेटमा प्रचण्ड र गायक राईबीच नेपाली गीतसंगीत क्षेत्रसँगै देशको राजनीतिक र इतिहासको विषयमा कुराकानी भएको थियो।

बिहिबार प्रचण्ड निवास खुमलटारमा राई स्वयं प्रचण्ड भेट्न त्यहाँ पुगेका थिए। दुईहप्ता अगाडि नै प्रचण्डका स्वकिय सचिवले राजेशलाई फोन गरि अध्यक्षले भेट्न चाहेको बताएका थिए।

भेटका क्रममा गायक राईले माओवादीले आफ्नो घर जलाएको प्रसंग उठाएता पनि प्रचण्ड नेपाली राजनीतिका नायक भएको उल्लेख गरेका थिए। जवाफमा प्रचण्डले देशमा राजाको तानाशाहीतन्त्र विरुद्ध लड्दा गल्ती भएको स्वीकार गर्दै राजेश पायल राईसँग माफी मागेका थिए।

Europass CV in Nepal

माओवादी शसस्त्र द्वन्द्वकालको बेला राजेश पायल राईका बुबा राप्रपाका नेता थिए। उनी खोटाङका जिल्ला सभापति थिए। सोही क्रममा राजेश पायलका बुबा माओवादी घेरमा परेका थिए। राजाको पक्षधर भएकै कारण वि.सं २०६२ सालमा माओवादीले उनको घरमा विस्फोटन गराएको थियो। घरमा आगो लाग्दा राजेशकी आमा र दाई अपहरणमा परेका थिए।

सो क्रममा राजेशले किराँतको आस्था खुवालुुङ हटाउने विषयमा आपत्ति जनाएका थिए। प्रचण्डले खुुवालुुङ विवाद धर्म र सँस्कृतीसँग जोडिएकाले यो विषयमा आफूू सजग भएको र कसैलाई यस विषयमा ठेस नपुग्ने बताए।

पानी जहाज चलाउन खुुवालुुङ ढुुंगा हटाउनुुपर्छ भन्ने भनाइ आइरहँदा राजेश पायल राईले अर्काको आस्थामा प्रहार गर्न नपाइने बताएका थिए।

Europass CV in Nepal