मुख्य सामग्रीमा जानुहोस्
Monday, 14 September 2026
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भीम रावलद्वारा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा

Himali Patrika 1 मिनेट पढाइ

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। अछामको साँफेबगर नगरकमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले अबको पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्।

नेता रावलले हार जित जे भए पनि अध्यक्षमा उम्मेद्वारी दिने बताए। रावलले कार्यकर्ताको इच्छा र आकाक्षा अनुसार आफूले उम्मेद्वारी तयारी गरेको भन्दै हार्ने डरले कार्यकर्तालाई निराश नबनाउने बताए। उनले भने’ ,धेरैले मलाई प्रश्न गर्छन् अबको महाधिवेशनमा तपाईंको उम्मेद्वारी केमा भनेर अनि धेरैको सुझाव अध्यक्षमा लड्नु पर्यो भन्ने छ। त्यसैले हार्ने डरले म पछि हट्दिनँ।’

उनले आफ्ना कार्यकर्ताको लागि भए पनि अध्यक्षमा उम्मेद्वारी हुने र खरो उत्रिने बताए। उनले प्रधानमन्त्री जस्तो व्यक्तिले एमसीसीका लागि गोप्य पत्र पठाएको छौं भन्नु जायज नभएको बताए। नेता रावलले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलबारको बैठक अवैध, अमान्य र गुठबन्धीको नमुना भएको समेत उल्लेख गरे।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।