मुख्य सामग्रीमा जानुहोस्
Sunday, 20 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

टिकट नपाएपछि रिजालको प्रतिक्रिया : शेरबहादुर देउवाको विवेकको परीक्षण भयो

Himali Patrika 1 मिनेट पढाइ

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले टिकट वितरणमा पार्टी सभापति शेरबहादुर देउवाको विवेकको परीक्षण भएको बताएका छन् । २०७४ मा मोरङ २ बाट निर्वाचित सांसद रिजाल यो पटक पनि उम्मेदवार बन्ने दौडमा थिए । तर सभापति देउवाले सुजाता कोइरालालाई टिकट दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका रिजालले भने आफूलाई टिकट नदिएको औपचारिक जानकारी पार्टीले नदिएको, तर सुजाताले टिकट पाएको सञ्चारमाध्यमबाट थाहा पाएको बताए । उनले अनलाइनखबरसँग भनेका छन्, ‘सुजाताप्रति मेरो कुनै गुनासो छैन । उहाँ मेरो साथी नै हो, उहाँको भलो होस् भन्ने नै चाहन्छु ।’

तर आफूले टिकट नपाउनुबाट देउवाको विवेकको परीक्षण भएको रिजालको प्रतिक्रिया छ । ‘मैले के भन्ने ? उहाँबाट यस्ता काम हुनसक्छ भनेर देउवा होइन, अरु नै सभापति हुनुपर्छ भनेर उभिएको हुँ’, उनले भने, ‘मैले टिकट पाउने÷नपाउने भन्दा कांग्रेसमा नेतृत्वमाथि औंला उठाउने अधिकार नहोला कि भन्ने चिन्ता बढेको छ ।’

अब स्वतन्त्र उम्मेदवारी दिने हो ? भन्ने प्रश्नमा कांग्रेस नेता रिजालले भने, ‘२०२५ सालमा बीपी कोइराला जेलबाट छुट्दा विमास्थलमा स्वागत गरेदेखि कांग्रेसमा ५४ वर्ष भयो । कांग्रेसको माथिल्लो नेतृत्व विग्रिए पनि आम कार्यकर्ताप्रति विश्वास छ, यो पार्टीलाई अझै बनाउन सकिन्छ भन्ने विश्वास छ ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।