मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

‘पुष्पा २’ मा अर्जुन कपुर पुलिस अफिसरको भूमिकामा हुने

Himali Patrika 1 मिनेट पढाइ

फिल्म ‘पुष्पा’ को दोस्रो भागलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार ‘पुष्पा २’ लाई बलिउडसँग छुवाउनका लागि निर्माताले अभिनेता अर्जुन कपुरलाई अभिनय गराउने भएका छन् । फिल्ममा अर्जुन पुलिस अफिसरको भूमिकामा हुनेछन् ।

फिल्मका निर्माताहरु फिल्मलाई ‘पुष्पाः द राइज’ भन्दा कैयौं ठूलो बनाउन चाहन्छन् । सोही कारण उनीहरुको ध्यान बलिउडका दर्शकलाई आफ्नो फिल्ममा आकर्षण रहेको छ ।

फिल्ममा अर्जुनलाई अभिनय गराउने भनिए पनि यो विषयमा हालसम्म आधिकारिक केही जानकारी बाहिर आएको छैन । यदि यो फिल्मका लागि अर्जुनले सहमति जनाए पनि उनको यो पहिलो तेलुगु फिल्म हुनेछ । बलिउडमा अर्जुनले खासै केही कमाल देखाउन सकेका छैनन् । यो अवस्थामा यसअघि हिट भइसकेको ‘पुष्पा’को सिक्वेलमा उनलाई देखिनु करियरका लागि नयाँ उचाइ हुने विश्वास गरिएको छ ।

‘पुष्पाः द राइज’ गत वर्षको डिसेम्बर १७ मा रिलिज भएको थियो । फिल्ममा अल्लू अर्जुनले ‘पुष्पाराज’ र अभिनेत्री रश्मिका मन्दानाले ‘श्रीवल्ली’को भूमिकामा अभिनय गरेका थिए । फिल्मले विश्वव्यापी रुपमा ३ सय ५० करोड बढी कलेक्सन गरेको थियो । फिल्म ‘पुष्पा २’ को बजेट निर्माताले ४ सय ५० करोड बताएका छन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।