मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 16 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

थारू अगुवा भन्छन् : जमिन्दारलाई हाेइन जनताका छाेराछाेरीलाई मत हाल्छाैं

Himali Patrika 1 मिनेट पढाइ

घाेराही, १४ कार्तिक । दाङका थारू अगुवाहरूले यसपटकको निर्वाचनमा जमिन्दारलाई मतदान नगर्ने बताएका छन् । उनीहरूले सर्वसाधारण जनताका छाेराछाेरीलाई विजयी गराउने बताए । गठबन्धन सम्बद्घ थारू अगुवाहरूले घाेराहीमा आयाेजना गरेकाे भेलामा सहभागीहरूले रेखा शर्मालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे ।

“रेखा शर्मा तल्लाे वर्गबाट संघर्ष गर्दै राजनीतिमा आउनुभएकी महिला नेतृत्व हाे, उहाँले चुनाव जित्दा हाम्राे भावनाकाे प्रतिनिधित्व हुन्छ, ” थारू अगुवा रामप्रसाद चाैधरीले भन्नुभयाे, “शंकर पाेख्रेलमा कुनै जनशैली छैन, उहाँले तल्लाे तहका जनताकाे प्रतिनिधित्व गर्न सक्नुहुँदैन ।”

अर्का थारू अगुवा भीमकान्त चाैधरीले यश पटक दाङका थारूहरूकाे साथ गठबन्धनका उम्मेदवारलाई हुने बताउनुभयाे । उहाँले विपन्न वर्गकाे उत्थानका लागि गठबन्धनको जित अपरिहार्य भएकाे बताउनुभयाे ।

अर्का थारू अगुवा खुसीराम चाैधरीले गठबन्धनले नै संविधान जाेगाउने काम गरेकाले आफूहरूले साथ दिन प्रतिबद्धता व्यक्त गर्नुभयाे । “एमालेलाई भाेट दिने हाे भने त बिचमै संसद विघटन गर्छ, संसद विघटन गर्नेलाई किन मतदान गर्ने ?,” उहाँले भन्नुभयो, “संविधान मासियाे भने हामीले अहिले प्राप्त गरेका सबै अधिकार खाेसिन्छ ।”

अर्का अगुवा भुवन चाैधरीले एमालेले थारू समुदायलाई विकाउ माल जस्ताे व्यवहार गर्न खाेजेकाे आराेप लगाउनुभयाे । “हाम्राे इमान्दारितालाई एमालेले कमजाेरी ठानेकाे छ, हामी कत्ति पनि बिचलित नभएर गठबन्धनका उम्मेदवारलाई विजय गराउँछाैं ।”

काङ्ग्रेस नेता भीम प्रकाश खड्काले दाङका आदिवासी थारू समुदाय नै भएकाले उनीहरूकाे अधिकार र जिवनस्तर सुधार गर्न गठबन्धनले विशेष याेजना ल्याउने बताउनुभयाे ।

प्रतिनिधि सभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेद्वार रेखा शर्माले थारूहरूकाे स्वाभिमानका लागि आफूहरूले संघर्ष गरिरहेकाे बताउनुभयाे । उहाँले मंसिर ४ गते पछि पनि पाँचै वर्ष गठबन्धनको नेतृत्वमा सरकार बन्ने बताउनुभयाे । भेलामा मतहवा, गुरुवा, साेरिन्यालगायतका थारू अगुवाहरू सहभागी थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।