मुख्य सामग्रीमा जानुहोस्
Sunday, 4 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

‘महापुरुष’ फिल्म जसले कुलमान घिसिङलाई ३ दशकपछि हलमा तान्यो

Himali Patrika 1 मिनेट पढाइ

उसो त, तेश्रो सातामा भव्य प्रदर्शन भैरहेको फिल्म ‘महापुरुष’ हरेक बर्गमा मानिसहरुले मन पराइरहेका छन् । तेश्रो साताको शुक्रबार र शनिबार पनि फिल्मले राम्रो कमाई गर्यो । फिल्मको यो रफ्तार हेर्दा प्रदीप भट्टराइको अघिल्लो फिल्म ‘शत्रु गते’को रेकर्ड यो फिल्मले तोड्ने देखिएको छ ।

यो फिल्म हेर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ काठमाडौंको एफक्यूब हलमा पुगेका थिए । फिल्म हेरेपछि उनले निर्देशक प्रदीप भट्टराईको निर्देशकीय पक्ष, कलाकारको अभिनय र कथावस्तुको खुलेरै तारिफ गरे ।

कुलमानले करिब ३ दशकपछि फिल्म हेरेको बताए । उनले भने–‘बत्तीको उज्यालो भन्दा पनि मनको उज्यालो हुन आवश्यक छ । मनको उज्यालो भयो भने मानिस सधै खुशी हुन्छ ।’ कुलमानले फिल्मले बा–आमाको मात्र नभएर अहिलेका यूवापुस्ताको पनि कथा भनेको भन्दै राम्रो फिल्म हेर्न पाएकोमा खुशी व्यक्त गरे । तेश्रो सातामा रिलिज भैरहेको फिल्मको व्यापारले यसको निर्माणपक्ष दंग छ । फिल्मले ५१ दिन मनाउने छनक देखाएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।