मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
स्थानीय तह निर्वाचन- २०७९

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेनु दाहालको विजय निश्चित

Himali Patrika 1 मिनेट पढाइ

१० जेष्ठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको विजय सुनिश्चित भएको छ।

जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको विजय सुनिश्चित भएको हो।

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेनु दाहालको ४७ हजार २३८ मत ल्याएकी छन्। त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ६९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ३२१ मत छ।

दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार भन्दा बढी छ। जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो। त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले विजयी सुनिश्चित गरेका छन्।

उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ। अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर छ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो। हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। दुई वडाको मतपरिणाम सार्वजनिक भएसँगै भरतपुरको नतिजा औपचारिक रुपमा आयोगले घोषणा गर्नेछ।

· · ·

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।