दाङ । घडीमा दिउँसोको १ बजेर १५ मिनेट जाँदै थियो । माबि सौरियारको स्कुल मैदानमा जाँदा केही विद्यार्थी कोरोनाको विरुद्ध खोप लगाउँन पालो कुरेर बसेको दृश्य देखिन्थ्यो । केही शिक्षक,शिक्षिकाले परिक्षाको कापी जाँच गर्दैै गरेको देखिन्थ्यो । स्कुलको दोश्रो तलमा बार्दलीमा बसेका विद्यालय प्रधानध्यापक ज्ञानेन्द्र गौतम फोनमै व्यस्त देखिनु भयो ।
घोराही उपमहानगरपालिकाको सरसफाई वातावरण तथा विपत्त व्यव्स्थापन समिति अन्तरगत गठित विद्यालय सरसफाई अनुगमन उपसमितिद्धारा मावि सौडियारको अनुगमन ग¥र्याे तब अनुगमनमा गएका सबै जना झस्किए । विद्यालयमा रहेको छात्रा शौचालयको बाहिर देखि भित्र झ्याल झ्याल सम्म प्याडै प्याड भेटियो तव मुख थुनेर शौचालयमा जानु पर्ने वाध्यता आईलाग्यो ।
बिद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी हुदा प्रयोग गर्ने प्याडको व्यवस्थापन गर्न नसक्दा विद्यालयमा दुर्गन्ध नै फैलिएकोअनुगमन समितिका सदस्य एवं घोराही १४ का सदस्य नैनाकुमारी चौधरीले जानकारी दिनुभयो । अनुगमनका क्रममा रगत संगैका प्याड छरपष्ट विद्यालयको प्राङ्गण भित्र भेटिएको चौधरीको भनाई छ । चौधरीका अनुसार छात्रा शौचालयमा दिशा पिसाब गर्न नै समस्या हुने गरेको बताउँनुभयो ।प्याड व्यवस्थापन गर्न प्याड डिस्पोज गर्ने स्थान भएपनि छात्राहरुले त्यहाँ नराख्ने गरेको पाईएको छ ।
छात्राहरुलाई विद्यालयले प्याड दिने तर त्यसको व्यवस्थापनमा ध्यान नदिदा स्कुलमा दुर्गन्ध फैलिएको अर्का अनुगमनकर्ता एवं घोराही १५ की वडा सदस्य दुर्गा नेपालीले बताउँनुभयो । विद्यालयको अबस्था पनि राम्रो देखिएन उहाँले थप्नु भयो । करिव ५ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्ने उक्त विद्यालयमा फोहर व्यवस्थापनमा ध्यान नदिएको नेपालीको भनाई छ ।
क्यान्टिनमा फोहरै फोहर
यस्तै विद्यालयको क्यान्टिनमा पनि फोहरै फोहर भेटिएको थियो । क्यान्टिनको भान्छामा देखि भाडा माझ्ने ठाउँ ठाउँमा जुठै जुठो थियो अनुगमनकर्ता नेपालीले उल्लेख गर्नुभयो । विद्यालयमा आउँने छात्रछात्रा सबैले फोहरमै बसेर नास्ता खाएको भेटियो उहाँले भन्नुभयो । फोहर व्यवस्थापनमा विद्यालयले पुरै व्यवास्था गरेको पाईयो उहाँले भन्नुभयो ।



