मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रास्वपाको जितमा अमेरिकाको बधाई, रवि लामिछानेलाई फोन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विजयका लागि पार्टी सभापति रवि लामिछानेलाई बधाई दिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते फोनमार्फत लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका हुन् ।

दूतावासले जारी गरेको सूचनामा अमेरिकाले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिएको छ । साथै, नेपाल–अमेरिका बीचको आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने र द्विपक्षीय मित्रतालाई थप गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

रास्वपाको उल्लेखनीय चुनावी सफलतापछि अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ केन्द्रित भइरहेका बेला अमेरिकाको यो बधाई सन्देशलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।