मेयर साह र लगानी बाेर्डका सीईओबीच भेट, फोहर व्यवस्थापनको विषयमा छलफल

मेयर साह र लगानी बाेर्डका सीईओबीच भेट, फोहर व्यवस्थापनको विषयमा छलफल

काठमाण्डाै । काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनको विषयमा महानगरका मेयर बालेन्द्र शाह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच छलफल भएको छ ।

लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा आज मङ्गलवार भएको भेटमा फोहरमैला व्यवस्थापन आयोजनाका लागि विगतमा भएका पहल र आउँदा योजनाको विषयमा छलफल भएको थियो ।

काठमाण्डाै महानगरकाे मेयरमा निर्वाचित साहले आफू निर्वाचित भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता एवम् विभिन्न सरकारका प्रमुखसँग भेटवार्ता गर्दै आउनुभएको छ ।