काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किनु भएको छ। उहाँले आफ्नो जापान भ्रमण उपलब्धिमुलक रहेको बताउनु भयो।
अध्यक्ष प्रचण्ड भ्रमण सकेर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमणबाट जापानमा भएका नेपालीहरु धेरै नै खुसी भएको बताएनु भयो ।
अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा सकस भइरहेका बेला जापान पुगेर फोहो व्यवस्थापनकै लागि सहयोग मागेको बताउनु भयो ।
प्रचण्डले भने, ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्यौं । प्रचण्डले भने,‘फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान । कतै फोहोर नदेखिने बनाएका रहेछन्। फोहोर व्यवस्थापनमा तत्काल सहयोग चाहियो भनेर हामीले माग गर्यौं ।’



