काठमाडौँ । पछिलो समय काठमाडौँ महानगरपालिकाका मेयर बलेन शाहलाई लक्षित गर्दै धरानका मेयर हर्क साम्पाङले फेसबुकमा लेखेपछि उनको समर्थन र विरोध दुवै भैरहेको छ। काठमाडौँ विषयमा हरेक दिन जसो प्रतिक्रिया दिँदै आउनुभएका मेयर साम्पाङले आज पनि फेसबुकमा विरोधीहरूलाई लक्षित गर्दै स्टाटस लेख्नुभएको छ।
उहाँले लेख्नुभएको छ, मेरा विरोधीहरूलाई धन्यवाद ! फोहोर उठाऊ के भन्देको रिसाएछन् धेरै ! मेरो एक स्टाटसमै यति धेरै हल्लिएको हो ? ल ल फोहोर मै बसिराख न त ! बधाई छ !




