१२ भदौ, घोराही । नेकपा माओवादी केन्द्रको दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य चयन हुनुभएको छ । लुम्बिनी प्रदेश समितिको शनिवार बुटवलमा बसेको बैठकले आचार्यलाई दाङ जिल्ला पार्टीको इन्चार्जको जिम्मेवारी दिएको हो ।
पार्टी पोलिटब्युरो सदस्य आचार्य लामो समय सहइन्चार्जको जिम्मेवारीमा रहनुभएको थियो । गत बैशाखमा पुर्व जिल्ला इन्चार्ज जीवन गौतमले पार्टी परित्याग गरेर एमाले प्रवेश गरेपछि रिक्त रहेको इन्चार्जको जिम्मेवारी आचार्यले पाउनुभएको छ ।



