काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका काठमाडौं–२, ७ र ९, ललितपुर–३ र भक्तपुर–१ क्षेत्र पाएको थियो ।
ललितपुर–३ मा पम्फा भुसालले टिकट पाएकी छिन् । माओवादी केन्द्रकी उपमहासचिव समेत रहकी भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् । काठमाडौं-२ को टिकट पूर्वसभामुख समेत रहेकी ओनसरी घर्तीले पाएकी छिन् ।
त्यस्तै काठमाडौं–७ मा मानुषी यमी भट्टराईले माओवादीका तर्फबाट टिकट पाएकी छिन् । काठमाडौं–९ मा माओवादीकी कल्पना धमलाले टिकट पाएकी छिन् । भक्तपुर-१ मा भने सुरेश न्यौपानेले टिकट पाएका छन् ।
काठमाडौं-१ बाट पूर्वडीआईजी रमेश खरेलको मनोनयन
नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
यो क्षेत्रमा चर्चित नेताहरु प्रतिस्पर्धामा छन् । काठमाडौं-१ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।


